Aafno Khabar

आसाम र बिहारका बाढी पीडितका लागि अक्षय कुमारकाे आर्थिक सहयाेग

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडाैं । बलिउड स्टार अक्षय कुमारले बाढी पीडितका लागि आर्थिक सहयोगकाे घोषणा गरेका छन् । आसाम र बिहारका पीडितहरूका लागि मुख्य मन्त्री राहत कोषमा एक–एक करोड भारतीय रुपैयाँ दिने उनले बताएका हुन्  ।

सुटिङका लागि स्कटल्याण्डमा भएका अक्षयले त्यहीँबाट सहयाेगकाे घाेषणा गरेका हुन् । उनले बिहीबार आसाम र बिहारका मुख्यमन्त्रीसँग कुराकानी गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्षय यस वर्ष फोर्ब्सकाे सर्वाधिक महङ्गो कलाकारको सूचीमा छैठौँ स्थानमा परे । टप १० मा परेका उनी एकमात्र बलिउड कलाकार हुन् । उनको वार्षिक कमाइ ४८.५ मिलयन डलर छ ।