Aafno Khabar

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिस्बोनमा बुधबार राति भएको क्वार्टरफाइनलमा इटालियन क्लब एट्लान्टामाथि २–१ को जित निकाली फ्रेन्च क्लब पीएसजीले  सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलकाेे २६ औँ मिनेटमा एट्लान्टाले सुरुवाती अग्रता लिएका थियाे । उसका लागि मारिओ पासालिकले गाेल गरेका थिए । तर उसले  अग्रता जाेगाउन सकेन ।

खेलकाे अन्तिम समयमा पीएसजीले २ गाेल गर्न सफल भयाे । ९० औँ मिनेटमा मार्किन्होसले पीएसजीका लागि बराबरी गोल गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा केलियन एमबाप्पेको सहयोगमा एरिक म्याक्सिमले गोल गरेर पीएसजीलाई जित दिलाए ।

पीएसजीले आउँदो मंगलबार सेमिफाइनलमा आरबी लेइप्जिग वा एथ्लेटिको मड्रिडको सामना गर्नेछ ।