काठमाडाैं । अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका छन् ।
कमला ह्यारिस उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियाली–अमेरिकी हुन् । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनी रङ्गभेद विरुद्धको अभियानमा पनि थिइन् ।
आउँदो नोभेम्बर ३ तारिखमा हुने चुनावमा बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न लागेका छन् । कमला ह्यारिसले ट्रम्पका उपराष्ट्रपतिका उम्मेदवार वर्तमान उपराष्ट्रपति माइक पेन्ससँग अक्टोबर ७ तारिखमा सल्ट लेक सिटी, युटामा बहस गर्ने बीबीसीले जनाएको छ ।
अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका छैनन् भने राष्ट्रपति पदमा पनि महिला पुगेका छैनन् ।