Aafno Khabar

काेभिड १९ संक्रमण : अमेरिका, ब्राजिल र भारतकाे पछिल्लाे अवस्था

  • आफ्नो खबर
  • August 9, 2020 प्रकाशित

काठमाडाैं । काेभिड १९ काे संक्रमणका कारण विश्व आक्रान्त छ ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख २८ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित तीन देशमा क्रमश: अमेरिका, ब्राजिल र भारत रहेका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६२ हजार नाघेको छ ।

अमेरिकापछि ब्राजिलमा करिब ३० लाख संक्रमित भएकोमा करिब १ लाखको मृत्यु भएको छ ।

भारतमा पनि पछिल्लाे समय संक्रमण तीव्र रुपमा फैलिरहेकाे छ । भारतमा २१ लाखभन्दा बढी संक्रमित छन् ।

भारतमा करिब ४३ हजारले ज्यान गुमाएकाे तथ्यांक छ । इन्डियन मेडिकल एसोसिएसनका अनुसार भारतमा १ सय ९६ जना डाक्टरले कोरोना संक्रमणबाट ज्यान गुमाएकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।