काठमाडौं । उपत्यकामा शनिबार ६२ जना काेभिड १९ का संक्रमित थपिएका छन् ।
जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना थपिएका छन् । ललितपुर र भक्तपुरमा तीन/तीन जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
यस्तै, शनिबार देशभर तीन सय ८७ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म मृतक ७३ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।
याे पनि पढ्नुहाेस् ।