काेराेना भाइरस (काेभिड १९) काे संक्रमण दिन प्रतिदिन बढ्दाे छ । विश्वभर महामारीकाे रुपमा फैलिएकाे याे भाइरस संक्रमण कसरी भयाे भनेर थाहा पाउन एउटामात्र लक्षण छैन ।
सुरु सुरुमा रुघाखाेकी र श्वासप्रश्वासकाे समस्याजस्ता लक्षण देखिए पनि अहिले याे भाइरसकाे अन्य लक्षण पनि देखिन थालेकाे छ । सुरुसुरुमा नेपालमा काेराेना संक्रमितमा लक्षण देखा परेकाे थिएन । अब बिस्तारै लक्षणसहितका बिरामी देखिन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ता लक्षण देखिए कोरोना परीक्षण गराउन आग्रह गरेको छ ।
– ज्वरो आउने ।
– खोकी लाग्ने ।
– श्वासप्रश्वासमा समस्या हुने ।
– गन्ध हराउने ।
– स्वाद थाहा नपाउने ।
– झाडापखाला हुने ।