Aafno Khabar

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघ्यो

  • आफ्नो खबर
  • August 7, 2020 प्रकाशित

काठमाडौं । भारतको कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा हालसम्म २० लाख २१ हजार ४०७ जना कोरोना संक्रमित फेला परेका छन् ।

हालसम्म १३ लाख ७४ हजार ४२० जना उपचारपछि निको भएका छन् । हालसम्म ४१ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । भारतमा ६ लाख ४ हजार ९०६ एक्टिभ केश रहेका छन् ।

भारतले कोरोनाबाट निको हुनेको संख्या सक्रिय केश भन्दा दोब्बर पुगेको छ ।

बिहीबार राति सम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित सक्रिय बिमारीको संख्या ६ लाख ४ हजार छ भने हालसम्म १३ लाख ७५ हजार उपचारपछि निको भएका छन् ।