अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा गरेको पछिल्लो एक पोस्ट फेसबुकले हटाएको छ ।
कोरोना भाइरसका सम्बन्धमा गलत दाबी गरिएकाले ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री हटाइएको फेसबुकले जनाएको छ ।
बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश ट्रम्पले फेसबुक पेजमा पोस्ट गरेका थिए । अन्तर्वार्तामा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए ।
ट्रम्पको पोस्टले गलत सूचना प्रदान गरेकाले हटाइएको फेसबुकले उल्लेख गरेको छ ।