काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिनुभएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन । यस्तै, बुधबार देशभर ३ सय ८१ जनामा काेराेना संक्रमण देखिएकाे छ । नेपालमा लकडाउन खुलेपछि काेराेना संक्रमित बढीरहेका छन् ।
याे पनि : नेपालमा काेभिड १९ काे संक्रमणबाट थप २ जनाकाे मृत्यु, मृतककाे संख्या ६०