Aafno Khabar

नेपालमा काेभिड १९ काे संक्रमणबाट थप २ जनाकाे मृत्यु, मृतककाे संख्या ६०

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनायको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएकाे  हो ।

यस्तै, वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो ।

यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।