Aafno Khabar

भारतका गृहमन्त्री पछि कर्नाटकका मुख्यमन्त्री पनि काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 3, 2020 प्रकाशित

भारतकाे कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

भारतमा कोरोना संक्रमितको संख्याले १७ लाखको सीमा पार गर्दा मुख्यमन्त्री यदियुरप्पामा पनि संक्रमण देखिएको हो ।

यसअघि आइतबार भारतका गृह मन्त्री अमित साहमा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका छन् ।

भारतमा काेराेना महामारी दिनप्रतिदिन भयावह बन्दै गइरहेकाे छ ।