Aafno Khabar

भारतीय गृहमन्त्री अमित शाह काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

काठमाडाैं । भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका हुन् ।

‘काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’ ट्वीटमा लेखिएकाे छ ।

साथै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुले पनि काेराेना जाँच गराउन आग्रह गरेका छन् ।