भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकाे क्याबिनेट मन्त्री कमला रानी वरुणकाे मृत्यु भएकाे हाे ।
कोरोना भाइरस संक्रमण भएपछि उनी लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको बीबीसीले जनाएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन् । कमला रानी उत्तर प्रदेश सरकारमा शिक्षामन्त्री थिइन् ।