Aafno Khabar

रुसमा अक्टाेबर महिनादेखि काेभिड १९ विरुद्धकाे खाेप लगाउन सुरु गरिने

  • एजेन्सी
  • August 2, 2020 प्रकाशित

रूसले आगामी अक्टोबर महिनादेखि आफ्ना नागरिकलाई कोरोना प्रतिरोधी खोप दिने योजना बनाएको छ। स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले वृहत खोप अभियान चलाउने जानकारी दिएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

काेराेना भाइरस (काेभिड १९) विरुद्धकाे खाेप सबैभन्दा पहिला डाक्टर र शिक्षकका लागि दिइने समाचारमा जनाइएकाे छ ।

कोरोनाविरुद्धको सम्भावित खोप प्रयोग गर्न नियामकले यसै महिना अनुमति दिने बताइएको छ। तर द्रुत गतिमा र धेरै संख्यामा कोरोना भाइरसविरुद्धको खोप बनाउने रूसको कोसिसमाथि विशेषज्ञहरूले चिन्ता जनाएका छन् ।

विश्वका धेरै देशहरूमा कोरोना विरुद्धको खोप बनाउने काम तीव्र गतिमा भैरहेको छ । करिब २० स्थानमा बनेका भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ ।