Aafno Khabar

प्रहरी देखेपछि १५ किलाे सुन फालेर भागे तस्कर

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

काठमाडौं । काठमाडाैंकाे कमलादीबाट प्रहरीले १५ किलो सुन बरामद गरेको छ ।

प्रहरी देखेपछि तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

सुन बरामदबारे प्रहरीले मंगलबार नै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएकाे छ ।