Aafno Khabar
creativeideas

काेराेना खाेपकाे अन्तिम परीक्षण अमेरिकामा सुरु

  • आफ्नो खबर
  • २०७७ साउन १३ गते प्रकाशित

काठमाडाैं ।  कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने क्रममा अमेरिकामा अहिलेसम्मकै ठूलो परीक्षण सुरु भएको छ ।

यो परीक्षणमा ३० हजार मानिस सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भ्याक्सिन निर्माणमा यो अन्तिम चरणको परीक्षण हो ।

नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्ना इन्कले बनाएको यो भ्याक्सिनले कोरोनाबाट मानिस साँच्चै मुक्त हुन्छन् भन्ने ग्यारेन्टी भने छैन ।

विश्वभरका वैज्ञानिकहरु अहिले काेराेनाकाे भ्याक्सिन निर्माणका लागि अनुसन्धान गरिरहेका छन् । पछिल्लाे समय विश्वमा काेराेना संक्रमितकाे दर बढ्दै गइरहेकाे छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा काेराेना संक्रमित देखिएका छन् ।