Aafno Khabar

आफ्ना अभिभावककाे हत्या गर्ने लडाकुसँग भिड्ने यी किशाेरी

  • आफ्नो खबर
  • July 27, 2020 प्रकाशित

अभिभावकको हत्या गर्ने तालिबान लडाकुहरूसँग भिडेकोमा अफगानिस्तानकी एक किशोरी समाजिक सञ्जालमा चर्चित बनेकी छन् ।

अफगानिस्तानको घोर प्रान्तका अधिकारीहरूका अनुसार ती किशोरीले परिवारको एके–४७ राइफल लिएर दुई लडाकुलाई मारिदिएकी थिइन् । उक्त घटनामा अन्य कैयौँ घाइते भएका थिए । किशोरीका बुवा सरकार समर्थक रहेकाले तालिबानहरू उनको घरमा गएको अधिकारीहरूको भनाइ छ ।

पछिल्ला दिनहरूमा राइफल समातेको युवतीको फोटो भाइरल भएको छ। उक्त घटनापछि ग्रिवा गाउँमा रहेको उनको घरमा आक्रमण गर्न थप लडाकु पुगेका थिए ।

तर उनीहरू स्थानीय बासिन्दा र सरकार पक्षीय लडाकुहरूको आक्रमणमा परेका थिए । अधिकारीहरूले किशोरी १४ देखि १६ वर्ष उमेरको हुनसक्ने ठानिएको र उनका भाइलाई सुरक्षित स्थानमा राखिएको बताएका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले किशोरीको प्रशंसा गरेका छन् ।

तालिबानले गत फेब्रुअरी महिनामा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । तर उसका कैयौँ सदस्यहरूले अझै पनि अफगानिस्तानको वर्तमान सरकार र संविधानको अन्त्य गर्न आग्रह जारी राखेका छन् ।

–बीबीसी हिन्दीबाट