जर्मनीमा विमान दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ ।
सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना भएकाे हाे । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
विमानमा एक जना बालक पनि रहेकाे र उनी घाइते भएकाे पनि जनाइएकाे छ ।
विमान ठोक्किएको घरमो छानोमा गम्भीर क्षति पुगेको छ । स्थानीय समय अनुसार शनिबार दिउँसाे तीनबजेतिर दुर्घटना भएको हो ।