काठमाडाैं । आज नाग पञ्चमी। भूमी देवताका रुपमा पुजिने नाग पञ्चमी नेपालीको विशेष चाड मानिन्छ । नाग पञ्चामीका दिन नागमा पूजाआजा गरी प्रत्येकको घरको ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ ।
यसदिन बिहान उठेर स्नान गरी दिप, कलश, गणेश पूजा गरी गोवरको नाग बनाई नागको मानचित्रमा दही, दूबो, कुश, सिन्दुर, चन्दन आदीले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागबाट क्षति नहुने धार्मिक मान्यता छ ।
नागको पूजा गर्नाले भूक्षय, प्राकृतिक विपत्ति तथा नागको डसाइको प्रकोपबाट मुक्ति पाउने विश्वासका साथ हरेक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात नाग वा सर्पको पूजा गरिन्छ ।
नागपञ्चमीका दिज अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शंखनाग, शेषनाग आदीको चित्र टाँसिन्छ ।
श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको मानिन्छ।
नाग पञ्चमीको दिन हिन्दु धर्मावलम्बीहरुले दिनभर व्रत गरी सूर्यास्त भएपछि नाग देवताको मूर्तिमा विभिन्न फलफूल, प्रसाद चढाएर पूजाआजा गरी आफूले पनि ग्रहण गर्दछन् ।