Aafno Khabar
creativeideas

शनिबार बिहानदेखि लागू हुने गरी वीरगञ्जमा निषेधाज्ञा जारी

  • आफ्नो खबर
  • २०७७ साउन ९ गते प्रकाशित

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा शनिबार बिहानदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले शनिबार बिहान पाँच बजेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

वीरगञ्जमा केही दिनदेखि लागातार रुपमा कोरोना संक्रमितहरु बढदे गएपछि शनिबार बिहान पाँच बजेदेखि निषेधाज्ञा जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयाे ।

उहाँले दिनुभएकाे जानकारी अनुसार वीरगञ्ज महानगरपालिकाका क्षेत्र भित्र शनिबार बिहानदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा अवधि भरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।