काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।