Aafno Khabar

सुनकाे मूल्यमा सामान्य गिरावट

  • July 10, 2020 प्रकाशित

काठमाडाैं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

बिहीबार ९२ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे हाे ।

यस्तै, तेजावी सुनको मूल्य पनि घटेको छ । बिहीबार ९१ हजार ९ सय ६५ पुगेको तेजावी सुन आज प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ९ सय ८० रुपैयाँ प्रतिताेलामा काराेबार भइरहेकाे छ ।