Aafno Khabar

लोकसेवाको सबै पदपूर्ति तत्काललाई रोक्ने सरकारको निर्णय

  • April 30, 2020 प्रकाशित

काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि हाललाई स्थगित गर्न लोक सेवालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो ।