Aafno Khabar

बेमौसमी बाजा नबजाउन सरकारलाई कांग्रेसको सुझाव

  • April 20, 2020 प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संकटका बेला भएका पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउनुभएको छ ।

राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णयलाई बेमौसमी बाजा भन्दै प्रवक्ता शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रवक्ता शर्माले आज एक ट्विट गर्दै भन्नुभयो,’नेपाल देशका लागि पनि यतिबेला अन्य सबै बिषय गौण छन्। गौण रहनुपर्छ हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ ।’

`बेमौसमी बाजा´ नबजाऔं !

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेकोसंगै कोरोना केन्द्रित राजनीतिक वृतमा नयाँ चर्चा सुरु भएको छ ।