कञ्चनपुुर । काेराेना भाइरसका कारण निम्तिएकाे लकडाउनकाे प्रभाव विपन्न परिवारमा देखिन थालेकाे छ । देशभरिका विभिन्न स्थानीय तहमा रहेका विपन्न परिवारलाई यतिबेला छाक टार्न समस्या परेकाे पाइएको छ ।
अति विपन्न वर्गमा देखिएको खाद्यान्नको अभावलाई मध्यनजर गर्दै कञ्चनपुुरका युवाहरुले गरीब तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।
बेलौरी नगरपालिकाका दुुई सक्रिय संगठन बेलौरी काठमार्डौ समाज र बेलौरी युवा मञ्च जापानले उक्त नगरपालिका भित्रका वडा नं ३, ४, ५ र ५ का ५० विपन्न र अशक्त घरधुरीलाई राहत वितरण गरेका हुन् ।
बेलौरी काठमार्डौ समाजका सन्देश भण्डारी र बेलौरी युवा मञ्च जापानका भगिरथ न्यौपानेको अगुवाइमा २० किलो चामल, १ किलो दाल, एक पोका नुन, आधा लिटर तेल र एक थान सबुन सहितको रसन हरेक हरेक घरधुुरीमा वितरण गरिएको हो ।
लकडाउनको कारण कोही पनि भोकै हुन नपरोस् भन्ने उद्धेश्यले गरिव तथा विपन्न मजदुरहरुका लागि दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गर्न बेलौरीका युवाहरु क्रियाशिल देखिएका छन् । उनीहरुले बेलौरीमा विभिन्न दाताहरुबाट राहत संकलन गरी
वितरण गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभर लकडाउको घोषण गरेसँगै अति विपन्न वर्गमा यसको प्रत्यक्ष प्रभाव परेको छ । हालसम्म सुुदुरश्चिममा मात्र ३ जना कोरोना संक्रमित फेला परेका छन् भने देशभर ९ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।