Aafno Khabar

केजीएफ २ ले गर्‍याे प्रदर्शन मिति घाेषणा

  • March 16, 2020 प्रकाशित

चलचित्र ‘केजीएफ’को सिक्वेल चलचित्र केजीएफ २ ले प्रदर्शन मिति घाेषणा गरेकाे छ । चलचित्र दर्शकहरुले निकै प्रतिक्षा गरिरहेका छन् ।

निर्माण पक्षले आउँदो अक्टाेबर २३ तारिखमा रिलिज हुने जनाएकाे छ । निर्माण टिमले सामाजिक संजालमा पोष्ट गरेर चलचित्रको रिलिज मिति बताएका हुन् ।

प्रशन्त निलको निर्देशनमा रहेको चलचित्रलाई विजय किर्गान्दुरले निर्माण गरेका हुन् । यस चलचित्र ५ भाषामा रिलिज हुनेछ ।

यश केजीएफ २ मा मुख्य अभिनेता हुन् । यस चलचित्रमा उनको भूमिका अझै शसंक्त रहेको बताइएको छ । चलचित्रमा यशसँगै संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहेकाे छ ।