Aafno Khabar

सुनकाे मूल्य ५०० रुपैयाँ बढ्याे

  • २०७६ चैत्र ३ गते ०७:३१ प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । आइतबार ७७ हजारमा कारोबार भएको छापावाला सुन सोमबार ५०० रुपैयाँ बढेर ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै तेजावी सुन पनि आइतबार ७६ हजार ७०० मा कारोबार भएकोमा साेमबार प्रतितोला ५०० रुपैयाँले नै बढेर ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ । आइतबार ७९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि यही मूल्यमा कारोबार भइरहेको छ ।