काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । चीन र दक्षिण कोरियाबाट फर्केका उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो । कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै अस्पतालमा आएपछि उनीहरूलाइ आइसोलेसनमा राखेर चेक जाँच गरिएकाे कार्यालयले जनाएकाे छ ।
उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको भने होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका हुन ।