Aafno Khabar

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने

  • February 15, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।

शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने तय भएको थियो । तर, राष्ट्रियसभाका बहालवाला सांसद्को निधन भएपछि आजका लागि स्थगित गरिएको थियो ।

ओलीले नेतृत्व गरेको वर्तमान सरकारले आजबाट दुई वर्ष पूरा गरेको छ । सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ ।