काठमाडाैं । गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको छ । महानगरीय प्रहरी परिसरले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिनुभयाे ।
मुद्दा दर्तालगत्तै प्रहरीले राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा हुँदै भद्रपुर जाने क्रममा सुरक्षा चेकजाँचका गर्ने महिला प्रहरीसँग विवाद भएको थियो ।
विवादको विषयलाई लिएर राउतले फेसबुक लाईभ गर्दै प्रहरीलाई गाली गरेपछि विवाद बाहिर आएको हो । विमानस्थल सुरक्षा जाँचको भिडियोसमेत सार्वजनिक भएको छ ।
अभद्र व्यवहारमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ । दोषी गठर भए एक वर्ष जेल सजाय र १० हजार जरिमाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ ।