Aafno Khabar

सत्य निरुपण वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षका लागि दुईजना सिफारिस

  • January 18, 2020 प्रकाशित

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डाक्टर गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएको छ ।

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले आज कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

स्रोतकाअनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस गरिएको छ ।

सरकारले दुवै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो । यसअघि सत्तारुढ नेकपा र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो ।