काठमाडाैं । आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
साेमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे । देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने महाशाखाकाे भनाइ छ ।
पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने साेमबार दिनभर कुहिरो लाग्नेछ ।
कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।