Aafno Khabar

सकियो नारायणगढ-मुग्लिन सडक खण्डको जाम

  • January 10, 2020 प्रकाशित

चितवन । पहिरो रोकथामका लागि भन्दै कन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको काम हुँदै आएको थियो । अब बाँकी रहेका काम पनि अन्य दिनमा केही समय सवारीसाधन रोकेर काम गरिने आयोजनाले जनाएको छ ।

नारायणघाट मुग्लिन सडकको पहिरो जोखिम रहेका आठ ठाउँमा पहिरो रोकथामको काम गरिएको हो । गएको मङ्सिर २७ गतेदेखि प्रत्येक दिन बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म सडकमा सवारीसाधनलाई रोकेर काम हुँदै आएको थियो ।