Aafno Khabar

राँगाेसँग ट्रक ठाेक्किदा १ जनाकाे मृत्यु, ५ घाइते

  • January 7, 2020 प्रकाशित

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ आइरहेको बीआर ०६ पीडी ३६३७ नम्बरको भारतिय नम्वर प्लेटकाे स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी स्कारपियोमा सवार भारतीय नागरिक ३८ वर्षीय प्रमोद सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय सञ्जय सदा, ३० वर्षीया अकलया देवी, उहाँको एक वर्षीया छोरी राधिका कुमारी, ४० वर्षीय अमरजीत राम र स्कारपियो चालक सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय मोहम्मद रफतात घाइते भएका छन् । घाइते पाँचै जनाको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।