Aafno Khabar

जीवनमा सफलता पाउन मुकेश अम्बानीसँग सिक्नैपर्ने कुराहरु

  • December 28, 2019 प्रकाशित

सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् । सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरुमध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५ सबैभन्दा धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्यहरुबारे केही चर्चा गरौं ।

असफलताबाट पाठ सिक्नु

असफलताबाट नडराउनु, त्यसबाट सिक्नु र कहिले पनि हार नमान्नु ः यो नै सफलताको एउटा मुख्य कुँजी हो । मुकेशले यो कुँजीलाई राम्ररी पक्रेका छन् ।

के गर्ने भन्ने थाहा हुनु

एउटा सफल उद्यमीलाई के गर्ने भनेर थाहा हुनु जरुरी हुन्छ । सफल हुनको लागि सबैभन्दा ठूलो मूल मनत्र नै कुनै पनि काम शुरु गर्नुभन्दा पहिले तपाईंलाई आफूले के गर्दैछु र आफ्नो लक्ष्य के हो भनेर थाहा पाउनु जरुरी हूनछ । बिना लक्ष्य यताउता भड्कँदैमा केही हासिल हुने वाला छैन । मुकेशले यो कुरालाई आफ्नो जीवनमा राम्ररी लागू गरेका छन् ।

सपना र सोचाइ ठूलो राख्नु

ठूलो सपना देख्नका लागि मुकेशले आफ्ना पिता धीरुभाई अम्बानीबाट सिकेका थिए । मात्र ५०० रुपियाँको फोन शुरु गरेर अम्बानी परिवारले हर व्यक्तिको हातमा मोबाइल थमाइदिए । मुकेको यो सोचले उनलाई अरु भीडबाट अलग गरिदियो । जीवनमा कुनै पनि ठूलो गर्नको लागि हरेक व्यक्तिले सबैभनदा पहिले आफ्नो सोचको दायर ठूलो राख्नुपर्छ ।

नडराउनुहोस्, हिम्मतले काम लिनुहोस्

मुकेश अमबानीले सानै उमेरमा आफ्नो पिताको व्यवसायसँग जोडिएका थिए । तर व्यवसायको सानामसिना कुराहलाई मिहिनसँग सिक्न पाउनुभन्दा पहिल्यै उनको काका रसिकभार्य र पिता धीरुभाई अम्बानीको मृत्यु भयो ।

तर मुकेश अम्बानीले आफ्नो धैर्य नगुमाइकन पिताको व्यवसाय सम्हाले । उसले आफ्ना पिताको व्यवसायलाई सम्हाल्ने काम मात्रै गरेनन्, त्यसलाई सफलतापूर्वक अगाडि बढाए पनि । मुकेशले प्रतिकूल परिस्थितिमा पनि नडराइकन, हिम्मतका साथ काम गरेकै कारणले उनले आफ्नो व्यवसायको अकूत साम्राज्य खडा गर्न र फैलाउन सकेका हुन् ।

सम्बन्धित शीर्षकहरु