एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको कार बम बिस्फोटमा परी कम्तिमा ६१ जनाको मृत्यु भएको छ ।
राजधानीको ब्यस्त सडक चोकमा रहेको चेकपोस्टमा गराइएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या अहिलेसम्म ६१ पुगेको हो । बिस्फोटका क्रममा कयौं सर्वसाधारण सडकमा रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
स्थानीयका अनुसार सो घटनामा ९० जना भन्दा बढीको मृत्यु भएको दावी छ । बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । तर अलकायदा समर्थित शबाबले नै यो विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।
दश वर्षदेखि सशस्त्र विद्रोह गर्दै आएको अल शबावले यस अघि पनि यस्तै विष्फोटहरु गराउँदै आएको छ । सन २०११ मा राजधानी मोगादिसुबाट लखेटिए पनि अल शबावको प्रभावि सोमालियका अन्य क्षेत्रमा ब्याप्त छ ।