Aafno Khabar

१० दिन बन्द गर्दा ३२ कराेड घाटा भयाे : ह्याचरी सङ्घ

  • December 26, 2019 प्रकाशित

चितवन । १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग सङ्घले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ ।

लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो ।

चल्ला उत्पादन बन्द गर्दा १० दिनमा ३२ करोड रुपैयाँ बराबरको नोक्सानी भएको सङ्घले जनाएको छ । १० दिन उत्पादन बन्द गर्दा बजार राम्रो भए वा नभएको भन्नेबारे भने आजदेखि मात्रै थाहा हुने सङ्घको भनाइ छ ।

अहिले बजारमा जिउँदो कुराको मूल्य किलोको एक सय ८० रुपैयाँ र मासुको दुई सय ७० रुपैयाँ तोकिएको छ । बजारमा आपूर्ति कम हुँदा बजार मूल्य बढ्न सक्ने उनीहरुको भनाइ छ ।

एउटा चल्ला उत्पादनमा झण्डै ५५ रुपैयाँ लागत पर्ने भए पनि चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा कम मात्र पाइरहेको सङ्घको भनाइ छ ।