Aafno Khabar

रामकृष्ण ढकाल र निलम शाहकाे सम्बन्धविच्छेद

  • December 26, 2019 प्रकाशित

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार गायक ढकाल र निलमबीच सम्बन्धविच्छेद भएको हो ।

गायक ढकालसँग सम्बन्ध विच्छेदका लागि निलमले मंगलबार मात्रै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन । लामो समय देखि आर्थिक समस्याले तनाव रहेका गायक ढकालले सम्बन्धविच्छेद पुर्याएको जानकारहरु बताउछन् ।

ढकालको घरका सम्बनधमा ललितपुर रहेको लाँलीगुराँस सहकारीले पटक पटक चरित्र हत्या गर्ने गरि तिरिसकेको क्रणमा समेत क्रणी बनाएर सामाजिक सञ्जाल र अखवारमा सार्वजनिक गरेपछि थप तनावमा रहेका ढकालले अन्त्त सम्बन्धविच्छेद गर्नै पर्यो उनको परिवार श्रोतले बताएको छ ।

ढकाल र शाहबीच प्रेम विवाह भएको थियाे। त्यसको एक दिनपछि बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र निलमबीचको सम्बन्धविच्छेदको मुद्दाको टुंगो लगाएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। सम्बन्धविच्छेद पछि छोरी भने आमा निलमसँगै बस्ने भएकी छिन्।

कुनै पनि अंश वा सेवा सुविधा नलिने गरी गायक ढकालसँग निलमको सम्बन्धविच्छेद भएको हो। यद्यपी छोरीको लालनपालनमा भने ढकाल र निलमको बराबरी हक लाग्नेछ ।