Aafno Khabar

सुनसरीमा द्वन्द्वकालमा माओवादीले लुकाएको हतियार र गोली भेटियो

  • २०७६ पुष ७ गते ०६:२६ प्रकाशित

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलबाट तत्कालिन माओवादीले लुकाएर राखेको अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने नौं हजार गोली बरामत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले आइतवार उक्त हतियार र ठुलो परिणाममा गोली बरामत गरेको हो ।

भरौलको खाली चौउरमा अत्याधुनिक गोली र हतियार जमिन मुनि राखिएको गोप्य सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा एसएलआर गन र ९ हजार गोली बरामत गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताएका छन् ।

घटनास्थलमा बरामत गरिएको हतियार प्रहरीले संकलन गरि मुचुल्का तयार पारेको छ ।