Aafno Khabar

घरमा नै यसरी बनाउनुहोस स्वादीलो मासु

  • December 23, 2019 प्रकाशित

मिठो खाना कसलाई पो मन नपर्ला र । झन मासु । मासु सबैलाई जिब्रो ट्वाक्क पार्ने भयो भने खाँदाको स्वाद छुट्टै हुन्छ । हामीले आज तपाईको घरमा नै स्वादिलो र स्वस्थकर मासु कसरी बनाउने बारेमा जानकारी दिदैछौं ।

चाहिने सामाग्री
१ किलो ग्राम खसीको मासु टुक्रा पारेको, १ सय ५० मिलिलिटर तेल, २ सय पचास ग्राम प्याजलाई मसिनो पारेको, ३० ग्राम ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता, २ सानो चम्चा जीराको धुलो, २ सानो चम्चा मीट मसला, १ सानो चम्चा गरम मसला, नून स्वाद अनुसार, २ ठूलो चम्चा हरियो धनियाँ मसिनो काटेको ।
बनाउने तरिकाः
पहिला प्रेसर कुकरमा तेल तताउने, त्यसमा ल्वाङ्ग, सुकमेल, दालचिनी र तेजपत्ता फुराउने, त्यसपछि प्याज हालेर भुट्ने र त्यसमा गोलभेडा हालेर फेरी २ मिनेट जति भुट्ने । सबै मसला हालेर चलाउने र मासु हालेर सानो आँचमा ३ या ४ मिनेट जति चलाउँदै पकाउने । त्यसमा अदुवा लसुन हालेर राम्रोसँग चलाउने, त्यसपछि १ कप जति पानी हालि कुकरको ढकनी लगाएर २ सिठी लाग्न दिने । बिर्को निकालेर एकछिन सानो आगोमा चलाएर राख्ने । लेदो भएपछि काटेको हरियो धनियाँ हालि चलाएर निकाल्ने अनि सर्भिस डिसमा राखेर सर्भ गर्ने ।

सम्बन्धित शीर्षकहरु