Aafno Khabar

बजारमा आयो युएसबी कण्डम, यसरी प्रयोग गर्नुहोस ।

  • December 23, 2019 प्रकाशित

एजेन्सी । युएबी कण्डम परिवार नियोजनको साधन त होइन तर यसले अहिलेको एन्ड्रोइड प्रविधिको स्मार्टमा दुनियाँमा खतरनाक संक्रमणबाट भने जोगाउँछ । आज भोलि हामी स्मार्ट मोवाइल बिनाको जीवन सम्भवतः परिकल्पना नगर्दा पनि हुन्छ अब हरेकसँग एक वा एकभन्दा बढी स्मार्ट फोन छ । उसैपनि ब्यस्त दिनचर्यामा स्मार्ट फोनको सुविधाले तपाईँ हाम्रो दैनिकीलाई धेरै सहज बनाएको छ । तर जति सहज बनाएकाे त्यसैगरी असुरक्षित पनि बनाइरहेकै छ ।

हामी हिड्दा, डुल्दा, खाँदा, बस्दा, सुत्दा हरेक काममा मोवाइलको प्रयोग गरिहरकै हुन्छौँ । यसका लागि अहम हिस्सा हुन्छ ब्याट्रीको तर कहिलेकाही ब्याट्रीमा चार्ज सकिन सक्छ नहुन सक्छ । यस्तो अवस्थामा हामी जहाँ पायो त्यहीँ जसको पायो त्यसैको पोर्ट वा चार्जरले मोवाइल चार्ज गछौँ । सावधान यसरी चार्ज गर्नु तपाईँका लागि हानिकारक हुनसक्छ । सावधान मोवाइल चार्ज गर्दा तपाईकाे जीन्दगी बर्बाद पनि हुन सक्छ ।

के हो युएसबी कण्डम ?

हामीले आफ्ना लागि आवस्यक बिभिन्न डेटाहरु, नितान्त ब्यक्तिगत जानकारीहरु जस्तो, फोटो, म्यासेज, इमेल, अडियो, भिडियो सामाग्री, बैकिङ्ग जानकारी एउटा सानो मोवाइल, वा चिपमा सुरक्षित गरेर राख्न सक्छौँ वा राखेका छौँ । तर कहिल्लै सोच्नु भएको छ ? त्यो कति सुरक्षित छ ? कतै ती तथ्याङ्क वा जानकारीहरु तपाईलाई थाहै नदिई चोरिन पनि सक्छ भन्ने बारेमा । सामान्य युएवी केवल चार्जरले मोवाइल चार्ज गर्दा पनि ती जानकारीहरु चोरिन सक्छ । हो यसरी हुन सक्ने डेटा चोरीबाट जागाउने साधन हो युएसबी कण्डम ।

के हो यसको उपयोगिता

आजभोलि जता पनि जहाँ पनि मोवाइल चार्जका लागि युएसबी पोर्ट राखिएको हुन्छ । सार्वजनिक स्थलहरु बसपार्क, एयरपोर्ट, बिभिन्न पार्क, होटल यहाँसम्म कि स्मार्ट डस्टबिनमासमेत चार्चिङ पोर्ट र केवल जडान गरिएको छ । यस्ता केवल वा पोर्टबाट चार्ज गर्दा तपाईँको मोवाइलमा रहेका डेटा वा जानकारीहरु चोरिन सक्छ । हुन त सामान्य रुपमा डेटा ट्रान्सफर गर्न अनुमति चाहिन्छ तर ह्याकरहरुले मालवयर वा अन्य बिभिन्न भाइरस पठाएर चोरी गर्ने गरेको बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

सार्वजनिक स्थलमा पाइने यस्ता युएसबी पोर्टको प्रयोग साइवर अपराधिहरुले तपाईँको निजी एवं संबेदनशील डेटा चोरीका लागि गर्न सक्छन् । यसबाट बचाउन बजारमा अहिले युएसबी डेटा ब्लकर्स आएको छ जसको नाम युएसबी कण्डम दिइएको छ । यो कण्डम वास्तविक परिवार नियोजनको साधन जस्तो लेटेक्सको त हुँदैन तर यसले तपाईँलाई सुरक्षा प्रदान गर्छ संक्रमणबाट बचाउँछ त्यसैले यसको नाम कण्डम दिइएको छ । यसले तपाईँलाई जुस ज्याकिङ्गबाट जोगाउँछ । जुस ज्याकिङ्ग भनेको एक प्रकारको साइबर आक्रमण हो जसमा सार्वजनिक स्थलमा पाइने युएसबी पोर्टको माध्यमबाट भाइरस संक्रमण गरिन्छ र मोवाइलमा रहेको डेटा चोरी गरिन्छ । सस्ता संक्रमणबाट बच्न अमेरिकी अधिकारीहरुले चेतावनी समेत दिएका छन् ।

कसरी प्रयोग गर्ने

युएसबी कण्डम सानो युएसबी एडब्टर जस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोवाइल चार्जका लागि पावर सप्लाई त गर्छ तर डेटा ट्रान्सफर भने पूर्ण रुपमा रोकिदिन्छ । अमेरिकी बजारमा १० डलरमा पाइने युएसबी कण्डम भारतीय बजारमा ९ सय देखि एक हजारसम्म अनलाइन बजारमा उपलब्ध छ । डेलिभरी सेवासहित अनलाइनमा मार्फत सहजै रुपमा खरिद गर्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु