Aafno Khabar
स्थानीय

फागुन १५ मा मगर दिवसको बिदा

तनहुँ – म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा...

ज्येष्ठ नागरिकलाई घरमै उपचार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले...

स्याङ्जालीलाई मन्त्री अर्यालको आग्रह – बजेटको चिन्ता नगरी खर्च गर्नुस

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले चालु आर्थिक खर्च सन्तोषजनक नभएको बताउनुभएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले...

टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव

टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् । टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका...

ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक...

बाजुरामा भूकम्पकाे धक्का महशुष

बाजुरा । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या...

गाउँपालिकाको गाडी गैर कानुनी रुपमा सिक्दा ठक्कर दिएर बालकको मृत्यु

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको सवारी साधनले किचेर एक जना बालकको मृत्यु भएको छ । गाउँपालिकाको ग१झ ३८९ नम्बरको गाडी बत्तिएर आएर रोकिराखेको मोटरसाइकल र बाटोमा उभिएको एक जनालाई धक्का दिएको बताइएको छ । त्यसपछि पनि सो गाडी सम्हालिन नसक्दा...

डिलाशैनी गाउँपालिकाको कार्यालयमा आगजनी, बम पनि फेला

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी भएको छ...

२० लाख रुपैयाँ ऋणले लियो वडाध्यक्षको ज्यान

बाँके । बुधबार भारतमा मृत अवस्थामा भेटिएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्णबहादुर खड्काको अन्त्येष्टि गरिएको छ । बुधबार भारतको बहराइचस्थित शंकर होटलमा मृत अवस्थामा भेटिएका उहाँको शव बिहीबार नेपाल ल्याइएको थियो । उहाँको शुक्रबार विहान अन्त्येष्टि...

पुष २७ गते विदुर नगरपालिका नुवाकोटमा सार्वजनिक बिदा

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन बिदा दिने भएको छ । पृथ्वीजयन्तीमा नगरक्षेत्र भित्रका सबै सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने नगरपालिकाले जनाएको छ । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा नुवाकोटबाट विजयी शुरुवात गरेका...