Aafno Khabar
स्थानीय

क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएकाको थ्रोट स्वाब परीक्षणका लागि ल्याबमा

बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि...

जंगली च्याउ खाँदा एकजनाको मृत्यु, तीनजना बिरामी

अर्घाखाची । भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । च्याउ खाँदा तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी...

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुने क्रम रोकिएन, मृत्यु हुनेको संख्या १२ पुग्यो

महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीमा ज्यान जानेको संख्या १२ पुगेको छ । आइतबार थप एक जनाको ज्यान गएपछि ज्यान जानेको संख्या १२ पुगेको हो । आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको ज्यान गएको हो ।...

अनुदानको नुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री

जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुन उच्च मूल्यमा बिक्री हुने गरेको पाइएको छ । जाजरकोट सदरमुकाममा ९ रुपैयाँमा बिक्री हुने आयोडिनयुकत नुन बारेकोट गाउँपालिकामा भने प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको छ ।...

विपन्न परिवारलाई कञ्चनपुुरका युवाकाे सहयाेग

कञ्चनपुुर । काेराेना भाइरसका कारण निम्तिएकाे लकडाउनकाे प्रभाव विपन्न परिवारमा देखिन थालेकाे छ । देशभरिका विभिन्न स्थानीय तहमा रहेका विपन्न परिवारलाई यतिबेला छाक टार्न समस्या परेकाे पाइएको छ । अति विपन्न वर्गमा देखिएको खाद्यान्नको अभावलाई मध्यनजर गर्दै कञ्चनपुुरका युवाहरुले गरीब...

दक्षिणकाली नगरपालिकामा चाइना फाउण्डेसनद्वारा ह्याण्ड वास स्टेशन सञ्चालन

काठमाडौं। चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन र गुडविल फाउण्डेसनको सहयोगमा दक्षिणकाली नगरपालिकाले कोभिड(१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन ह्याण्ड वास स्टेसन सञ्चालन गरेको छ । आज नगरपालिकाका मेयर, उपमेयर लगायत विभिन्न वडाका प्रतिनिधिको उपस्थितिमा फाउण्डेसनले ह्याण्ड वास स्टेसनको सामग्री हस्तान्तरण...

वडाकाे बैठक : अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध

बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो । कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा...

तीन दिनमा ५ जनाको मृत्यु, आतङ्कित बन्याे गाउँ

महोत्तरी । मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनमा ५ जनाकाे ज्यान गएपछि गाउँभर त्रास बढेकाे छ । गएकाे तीन दिनमा नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास...

म्याग्दीमा चट्याङ लागेर २ जनाकाे ज्यान गयाे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति चट्याङ लागेर २ जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर ज्यान गुमाउनेमा स्थानीय २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी अस्पतालमा उपचारको...

खजुरामा शीत भण्डार बन्नेः किसान खुशी

बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रुपमा शीत भण्डार निर्माण शुरु गरेको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा बन्ने सो भण्डारको एक हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण क्षमता रहने गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिनुभयो...