Aafno Khabar
खबर

कालापनी, लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर...

ससंदमा एमालेको हंगमा, संसदमै घन्कियो सभामुख मुर्दावादको नारा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको र दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेर सभामुखले...

क्रान्तिकारी पार्टी बनाउन नसके माओवादी पार्टी विघटन गरौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरण गर्न नसके यस्तो पार्टीलाई विघटन गरिदिए हुने बताएका छन । उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको भए पनि सफल हुन नसकेको बताए।...

सुदुरपश्चिममा नेपाल पक्षबाट मन्त्री बनेका दुई मन्त्रीको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । आज आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा...

एमसीसीबारे नबुझी नबोल्न देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे । देउवाले एमसीसी सम्झौताबारे...

बालबालिकामा कोरोनाभाइरस सङ्क्रमणपछि देखिने एमआईएस-सी कस्तो रोग हो ?

एजेन्सी । नेपालका विभिन्न अस्पतालहरूमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएर अस्पताल ल्याइने बालबालिकाको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन्। कोभिडपश्चात् बालबालिकामा देखिने गम्भीर स्वास्थ्य समस्या एमआईएस-सीका कारण उपचारका क्रममा केहीको ज्यान समेत गइसकेको चिकित्सकहरूले जानकारी दिएका छन्। उनीहरूका...

आइतबारअघि वर्षा रोकिने सम्भावना कम छ : माैसमविद्

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । देशभर ठाउँठाउँमा निरन्तर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी,...

काठमाडाैंमा याे वर्षकै ठूलाे वर्षा, तीन घण्टामा १०५ मिलिमिटर पानी

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत भन्दा तल रहे पनि पश्चिम बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा भारी वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् । आइतबार राति देखि काठमाडौं लगायत...

थपिए १ हजार ८९ काेराेना संक्रमित, १ हजार ५३४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९...

‘लाइसेन्स’ परीक्षा पुन : सञ्चालन, रि-ट्रायल भदौ २७ देखि

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आयतबारदेखि पुन : सञ्चालन गरेकाे छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...