Aafno Khabar
खबर

संविधान दिवसको अवसरमा ५३१ जनाको कैद सजाय मिनाह

काठमाडौं । संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका ५३१ जनाको कैद सजाय मिनाह हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय मिनाह गरेको राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत् जानकारी दिएको छ । मन्त्रिपरिषद्को भदौ २९...

जसपा र लोसपाले संविधान दिवस नमनाउने

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले यस वर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै भोलि मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने बताउनुभएको...

रोजगारीका लागि विदेश गएकाहरु बाकसमा फर्के

काठमाडौं । मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव आज नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको...

ढोरपाटन शिकार आरक्ष सिकारका लागि खुल्दै

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि पाँचवटा कम्पनीले दरभाउपत्र बुझाएको सिकार आरक्षण कार्यालयले जनाएको छ ।...

एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा आज भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।...

कोरोनासँग मिल्दो रोग स्क्रब टाइफस के हो ? लक्षण के हुन ? कसरी बच्ने ?

काठमाडौं । पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने स्क्रब टाइफसका बिरामी बढ्न थालेको चिकित्सकहरु बताएका छन् । उपत्यकासहित मुलुकका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रब टाइफस’ रोग देखिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ...

नेपाली सेनाको प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने...

इतिहासमा पहिलो पटक बहुमतको सरकारले सरकारी ढुकुटी चलाउन पाएन

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि ढुकुटीबाट खर्च...

कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आजदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।...

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पकाे धक्का

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ । बिहान ६ : १३ बजे धक्का महसूस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु...