Aafno Khabar
खबर

स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ देखि

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा...

उत्तर प्रदेशमा गाडी दुर्घटना: कुम्भ मेलाबाट फर्केका तीन नेपालीको ज्यान गयो

भारतमा जारी कुम्भ मेलाबाट फर्किरहेका नेपाली तीर्थयात्री सवार गाडी दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको देवदहबाट तीर्थ यात्रा गर्न गएका श्रद्धालु सवार गाडी उत्तर प्रदेशको आजमगढ-वाराणसी सडकखण्डमा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ,...

आइतबार सेयर बजारमा उत्साह, ९ अर्ब ४७ करोडको कारोबार

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले बढेर २,६९८ विन्दुमा पुगेको छ। ०.७३ प्रतिशतको वृद्धिसँगै आज ९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ भने ४ कम्पनी स्थिर रहे।...

अमेरिकाले रोक्यो नेपाललाई ५ अर्बभन्दा बढीको सहयोग

काठमाडौं - अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झन्डै ३ करोड ९० लाख अमेरिकी डलर (करिब ५ अर्ब ५३ करोड रुपैयाँ) को सहयोग रोक्ने निर्णय गरेको छ। यो घोषणा अमेरिकी सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा...

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

भारत । नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालका प्रमुख रितु सक्सेनाका अनुसार घटनामा दर्जनौँ घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, गृह मन्त्री अमित शाह र रेल मन्त्री अश्विनी...

बेलुन विस्फोटबाट घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार जारी

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार उनीहरूलाई ५-६ प्रतिशत जलन भएको छ, विशेषगरी अनुहारमा जलन गएका कारण उच्च निगरानीमा राखिएको छ। अनुहारको...

प्रयागराजमा बोलेरो र बस ठोक्किँदा १० को मृत्यु, १९ घाइते

काठमाडौं - भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शुक्रबार राति ठुलो दुर्घटना भएको छ। राति करिब २ बजे छत्तीसगढबाट महाकुम्भतर्फ जाँदै गरेका भक्तजनहरू बोकेको बोलेरो अनियन्त्रित भई अगाडिबाट आइरहेको बससँग ठोक्किएपछि दुर्घटना भएको हो। यो दुर्घटना प्रयागराज-मिर्जापुर मुख्य सडकको मेजा प्रहरी चौकी...

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

भरतपुर । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगतार ३ वर्षसम्म प्रथम...

नेपालमा आईपीओ आवेदन संख्या ८२ पुग्यो, सेयर निष्कासनमा ढिलाइले लगानीकर्तालाई असर

काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी...

भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै जिसस...