Aafno Khabar
खबर

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

काठमाडौं । सोमबार देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको हो...

दीप बस्न्यात अनुसन्धानका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा...

२४ घण्टामा ८३० कोरोना संक्रमित

काठमाडौं । नेपालमा आइतबार थप ८३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१८१ जनाको पीसीआर परीक्षणमा ८३० जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १५०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको...

माइतीघरमा उखु किसानको आन्दोलन

काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाडौं आएका उनीहरुले आइतबारदेखि आन्दोलन थालेका हुन् । चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुष १८...

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन

काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान पौने ९ बजे मापन गर्दा ४.५ डिग्री सेल्सियस तापक्रम मापन भएको महाशाखाले जनाएको हो । यो शनिबारको तुलनामा झण्डै ५...

प्लाष्टिकको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहानाको ज्यान गएको तेह्रथुम...

नेकपा स्थायी कमिटीको बैठक आज

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । बैठक दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी एक जना सदस्यले...

मौसम : देशका अधिकांश क्षेत्रमा बदलीको सम्भावना

काठमाडौं । आइतबार देशका अधिकांश क्षेत्रमा मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली रहेको छ । आइतबार...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर...

कोरोना सङ्क्रमित थप १५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र...