Aafno Khabar

नेपाल–भारत सीमा विवाद समाधान कूटनीतिक संवादमै गर्ने सरकारको अडान

  • September 2, 2025 प्रकाशित

थियानजिन : चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्।

बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै उपराष्ट्रपति चङ्गद्वारा आयोजना गरिएको रात्रिभोजमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।

यसअघि प्रधानमन्त्री ओलीले थियानजिनमै चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्। उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र आगामी दिनमा गर्ने सम्भावित सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको अन्तिम कार्यक्रमका रूपमा यही भदौ १८ गते बेइजिङमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजना छ। चीन सरकारद्वारा आयोजना गरिने उक्त समारोह फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा प्राप्त विजयको ८०औँ वार्षिकोत्सव को अवसरमा आयोजना गरिएको हो।

विश्वका शीर्ष नेताहरूको उपस्थितिमा हुने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुने छ। कार्यक्रम सकिएलगत्तै सोही दिन प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल स्वदेश फर्कनेछ।