Aafno Khabar

सर्वसाधारणमाथिको कुटपिट प्रकरण: ४ ट्राफिक प्रहरी हटाइए

  • आफ्नो खबर
  • April 24, 2025 प्रकाशित

र्वसाधारणमाथि ट्राफिक प्रहरीले गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार उनीहरूलाई जिम्मेवारीबाट हटाएर थप अनुसन्धान अघि बढाएको जानकारी दिएको हो।

भिडियोमा देखिएअनुसार घटनास्थल काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनी रहेको र उक्त घटना २०८१ साल मंसिर २३ गते भएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ।

ट्राफिक प्रहरी वृत्त जनसेवामा कार्यरत ती चार प्रहरीलाई अब हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ। ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार उनीहरूमाथि अहिले थप छानबिन र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने प्रहरी प्रशासनले यस विषयमा आवश्यक कारबाहीका प्रक्रिया अघि बढाएको जनाएको छ।