Aafno Khabar

चितवनको सेतीदोभानमा बस दुर्घटना

  • आफ्नो खबर
  • February 9, 2025 प्रकाशित

चितवन – भरतपुर महानगरपालिका-२९ सेतीदोभान क्षेत्रमा आज बिहान ४ बजेर ४० मिनेटमा मुग्लिङ–नारायणगढ़ सडक खण्डमा नेपालगन्जबाट काठमाडौँ तर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको यात्रुवाहक बस पुलबाट २० मिटर तल खोल्सामा खसेको घटना भएको छ। दुर्घटनामा बसमा २९ जना सवार थिए। उद्धार कार्यको क्रममा २ जना यात्रुलाई सफलतापूर्वक उद्धार गरी चितवन मेडिकल कलेजमा पठाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र २२ जनाको अवस्था मध्यम रहेको जानकारी प्रहरीले दिएको छ। सबै घाइतेहरूलाई तत्काल सीएमसीमा उपचार दिइँदै रहेको जनाएको छ।